केपी ओली किन सहभागि भएनन् चियापान समारोहमा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज शनिबार राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको थियो तर कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । 

स्वास्थ्यमा समस्या आएकाले ओली कार्यक्रमा सहभागि हुन नसकेको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए । 

उनका अनुसार स्वास्थ्यमा समस्या आएपछि ओली बालुवाटारमै आराम गरेर बसिरहेका छन् ।

विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीको भृकुटीमण्डप बगैँचामा चियापान कार्यक्रमको आयोजना गरेको हो। 

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतापछि पहिलोपटक चियापान आयोजना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?