२०७५, १० कार्तिक शनिवार ०९:४९

नेकपाको चियापान : ५० हजार जनालाई निम्ता २० हजारलाई नास्ता


प्रकाशित मिति : २०७५, १० कार्तिक शनिवार ०९:४९

काठमाडौं । विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको छ । 

अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना हुने कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, विभिन्न दलका नेता–कार्यकर्ता, सांसद, कुटनीतिक, कलाकार पत्रकारलगायतका व्यक्तित्वहरुको सहभागिता रहेको छ । 

अतिथिहरुलाई नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’लगायत शीर्ष नेताहरुले अतिथिको स्वागत गरेका छन् । 

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकतापछि नेकपाको यो पहिलो चियापान कार्यक्रम हो । 

चियापानमा करीब ५० हजार जनालाई निम्ता दिइएको बताइएपनि २० हजारलाई मात्रै नास्ता तयार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस