ओलीमाथि खनिएका रावलले भने– ‘आफूले मनपरी अत्याचार गर्ने, अरुलाई चुप लाग भन्‍ने ?’

लोकपथ
26
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै ओलीले अन्याय र अत्याचार गरेको बताएका छन्। नेता रावलले बिहीवार साँझ सामाजिक सञ्‍जाल ट्विटरमार्फ अध्यक्ष ओलीको आलोचना गरेका हुन् ।

‘अन्याय सार्वजनिक रूपमा गर्ने तर त्यसबारे सार्वजनिक रूपमा नबोल भन्ने कुरा लोकतन्त्र र कम्युनिष्ट पार्टीमा भन्‍न सुहाउँछ र ?’ उनले आफूसँग आन्तरिकरुपमा नै किन छलफल नगरेको भन्दै प्रश्‍नसमेत गरेका छन्।

प्रतिनिधि सभाको उम्मेदवारी रोकिएको सन्दर्भमा आफूले सार्वजनिक रुपमा बोल्न नहुने भनी तर्क गरेको सुनिएको भन्दै आपत्ति जनाएका छन् । ‘मेरो उम्मेदवारी सार्वजनिक रुपमा नरोकेर पार्टीभित्रै मसँग छलफल नगरेको किन त ? यस प्रसंगमा चिनियाँ क्रान्तिकालका प्रसिद्ध साहित्यकार लु शुनको भनाइ सान्दर्भिक रहेको भन्दै – बिरालोले मुरा समातेपछि पीडाले मुसा चिच्याउँदा बिरालोले त्यो त्यतिकै किन चिच्याएको होला भनि ठानेझैं, अन्यायी–अत्याचारीले अत्याचार हुँदा पनि जनता चुप लाग्‍नुपर्छ, किन कराउने भनी ठान्छन् । त्यस्तै हो, आफूले मनपरी गर्ने, अरुलाई चुपचाप आदेश पालना गर भन्‍ने।

यस्तो कुरा लोकतन्त्र र कम्युनिस्ट पार्टीको मान्यताविरुद्ध रहेको रावलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?