लोकपथ टप फिप्टिन : यस्ता छन् देश विदेशका खबर (भिडियोसहित)

लोकपथ
13
Shares

१. बाजागाजासहित भोट नमाग्न राजनीतिक दलहरूलाई निर्वाचन आयोगको निर्देशन, दल, उम्मेदवार तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा वा भेला गर्दा स्थानीय प्रशासन र प्रहरीलाई चौबिस घण्टा अगावै जानकारी गराउन अपिल ।

२. प्रकृति संरक्षणमा अन्तर निकायबीच समन्वय र सहजीकरण आवश्यक रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, प्रकृति संरक्षणसम्बन्धी ठोस तथा उपलब्धिमूलक कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायलाई निर्देशन ।

३. नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्वाचन आयोगको निर्देशन, मतदातालाई प्रभावमा पार्ने किसिमको अभिव्यक्ति दिएको भन्दै आयोगको गम्भीर ध्यानाकर्षण ।

४. बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव, चिकित्सकले लापरबाही गरेको भन्दै बिरामीका आफन्तले गरे विरोध, घटनाको विषयमा छानबिन गर्न सात सदस्यीय समिति गठन ।

५. विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारको विकल्प नभएको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङको भनाइ, गठबन्धन दलका उम्मेदवारहरू विकासका लागि प्रतिबद्ध रहेको उल्लेख ।

६. सर्लाहीमा सहकारी संस्थाका एक कर्मचारीलाई गोली हानेको आरोपमा तीन भारतीय र एक नेपाली नागरिक पक्राउ, घटनाबारे थप अनुसन्धान गर्दै प्रहरी ।

७. सडकमा बसेर गुजारा चलाउँदै आएका दृष्टिविहीनहरुद्वारा काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन, सडकबाट नगर प्रहरीले हटाउँदा गुजारा चलाउन धौ भएको भन्दै सडकमै बस्न पाउनुपर्ने माग ।

८. तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुरु गर्यो सुनका सिक्का र असर्फीको बिक्री वितरण, बबरमहलस्थित टक्सार विभागबाट आजदेखि सुरु भएको असर्फीको बिक्री वितरण आगामी आइतबारसम्म जारी रहने ।

९. शुक्रवारदेखि प्लाष्टिकजन्य फूलको बिक्री वितरण रोक्न वातावरण विभागले अनुगमन गर्ने, बिक्रीवितरण गरेको भेटिएमा तत्काल १ लाख रुपैयाँसम्म जरिवाना गरिने ।

१०. नेपालमा थप ७ सय ६१ जनामा डेंगु संक्रमण पुष्टि, थप दुईजनाको मृत्यु, साउनयता ४२ हजार बढीमा डेंगु संक्रमण पुष्टि हुँदा मृत्यु हुनेको संख्या ५१ पुग्यो ।

११. साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकको गिरावट, नेप्से परिसूचक १.३८ अंकले घट्दा, कारोबार रकम ५१ करोडमा सिमित ।

१२. सिरियास्थित विश्व स्वास्थ्य सङ्गठनको कार्यालय प्रमुखमाथि लाखौँ डलर दुरुपयोग गरेको आरोप, १२ जना कर्मचारीले दिए उजुरी, २० भन्दा बढी अधिकारी खटाएर आन्तरिक अनुसन्धान सुरु ।

१३. बेलायती गृृहमन्त्री सुएला ब्रेभरम्यानले दिइन राजीनामा, राजीनामा पत्रमा आफूले नियमहरूको उल्लङ्घन गरेको स्वीकार ।

१४. अष्ट्रेलियामा जारी आठौं संस्करणको आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकाको दोस्रो जित, नेदरल्याण्डस् १६ रनले पराजित ।

१५. र प्रधानमन्त्री शेरबहादुर देउवाले गरे नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन, सबैभन्दा धेरै स्वर्ण आर्मीको पोल्टामा, दसौँ राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने राखेपको निर्णय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?