कमेडियन अपूर्व क्षितिज धरौटीमा रिहा

लोकपथ
63
Shares

काठमाडौं । कमेडियन अपूर्व क्षितिज २ लाख ५० हजार धरौटीमा रिहा भएका छन् ।

बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि उनी धरौटीमा रिहा भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिए ।

स्टयान्डअप कमेडिका क्रममा नेवारी समुदायको खानाको परिकारलाई लिएर उनले दिएको अभिव्यक्तिका कारण विवादमा आएका थिए । उनले आफूबाट गल्ती भएको भन्दै माफी मागे पनि थप अनुसन्धानको लागि हिरासतमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?