काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानीका ३० वर्षीय साजन कार्कीलाई गोली प्रहार गरेर घाइते बनाएको घटनामा ४ जना पक्राउ परेका छन् ।
बागमती नगरपालिका–१ स्थित सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कार्कीमाथि बुधबार गोली प्रहार भएको थियो ।
घटनामा संलग्न भएको अभियोगमा ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धनकौला गाउँपालिका–१ बस्ने ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र शहनी, भारत बिहार तरयानी छप्रा–८ बस्ने १९ वर्षीय रेहान भन्ने आलोक सिंह, भारत बिहार सुलतानपुर–१० बस्ने १९ वर्षीय सौरभ कुमार यादव र भारत बिहार हराज–१२ बस्ने १९ वर्षीय गुलसन कुमार सिंह रहेका छन् ।
उनलाई बुधबार दिउँसो गोली प्रहार गरी घाइते बनाएको घटनाको थप अनुसन्धानको क्रममा प्रहरीले घटनामा संलग्न आलोक, सौरभकुमार, गुलसनलाई बलरा नगरपालिका(३ लक्ष्मीपुरबाट र धिरेन्द्रलाई धनकौल गाउँपालिका–१ बाट पक्राउ गरेको हो । साथै घटनास्थलबाट प्रहरीले गोलीको खोका ४ थान र फायर भएको बुलेट ४ थान बरामद गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया