कर्णाली र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीच भेटघाट, अन्तरप्रदेश स्तरीय हितका सवालमा छलफल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबीच शुुक्रवार पोखरा मुख्यमन्त्री निवासमा अन्तरप्रदेश स्तरीय हितका सवालमा विशेष भेटघाट सम्पन्न भएको छ ।  

सबैभन्दा पहिले प्रदेशको नामाकरण र पर्यटन वर्ष घोषणा गरेर हाल प्रदेशमा थप कामको तिव्रता बढाईरहेका कर्णाली प्रदेशका मुख्यमन्त्री शाही नीजि भ्रमणमा पोखरा पुगेका हुन् ।

युवा महासंघ सहित विभिन्न क्षेत्रका व्यक्तित्व रहको उहाको टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पर्यटकीय नगरी पोखरामा एक समारोहका बीच स्वागत गरेका थिए । भेटघाट तथा छलफलमा मुख्यमन्त्रीहरुको पोखरा भेलामा अनुपस्थित रहेकोमा कर्णालीका मुख्यमन्त्री शाहीमाथि गुरुङले रोष प्रकट गरेका थिए भने शाहीले सो अनौपचारीक भेटघाट ठिकै भए पनि संघीय सरकार विरुद्ध मोर्चा बन्दि जस्तो सन्देश बाहिर जानु राम्रो नभएको, र यद्यपी सो भेलाको बेला आफु हुम्ला रहेकाले आउन नसकेको बताएका थिए । 

भेटघाटको क्रममा पोखराको पर्यटन र कर्णालीको पर्यटन जोड्ने, आन्तरिक हवाई सेवा तथा बस सेवा विस्तार गर्ने, प्रदेश स्तरीय अनुभव आदान प्रदान गर्ने र युवा उद्यमशिलता र रोजगारीको लागि संयुक्त योजना निर्माण लगायत विषयमा छलफल समेत भएको थियो ।

मुख्यमन्त्री शाहीका अनुसार छिट्टै अर्को भेट कर्णाली प्रदेशमा थप सम्झदारीको लागि हुने समेत जनाईएको छ । 

 यसै गरी मुख्यमन्त्री शाहीले पोखरा औद्योगिक क्षेत्र अवलोकन समेत गरी कर्नाली प्रदेशमा थप उद्योग विस्तारमाका बारेमा छलफल गरेका थिए भने हेली एयरलाई सुर्खेतबाट कर्नालीमा पर्यटन विकासको लागि सो सेवा सञ्चालन गर्नको लागि अनुरोध समेत गरेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?