शेयर नामसारीको जिम्मा सीडिएससीलार्इ, अब देशैभरीबाट नामसारी गर्न सकिने

काठमाडाैं : कुनै एक शेयरधनीको नाममा रहेको शेयर घरायसी वा मृत्युका कारण अन्य व्यक्ति वा संस्थामा सार्ने काम अब केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी) ले गर्ने भएको छ । पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले केन्द्रीय निक्षेप सेवा नियमावली, २०६८ लार्इ संशोधन गरी नयाँ व्यवस्था ल्याएको हो । 

यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नै शेयर नामसारी गर्दै अाएको थियो । यस्तो व्यवस्थाका कारण मुलुकभरका लगानीकर्ता शेयर नामसारी गर्नका लागि काठमाडाैं नै धाउनुपर्ने बाध्यता रहेको थियो । सीडिएससीलार्इ शेयर नामसारीको जिम्मेवारी दिएसँगै अब शेयरधनीहरूले अाफ्नो निक्षेप सदस्यकहाँ गए हुने भएको छ । 

शेयर नामसारीका क्रममा झन्झट ब्यहोरिरहेका शेयरधनीहरूले गरिरहेको गुनासो समेत नयाँ व्यवस्थासँगै सम्बोधन भएको धितोपत्र बोर्डले दाबी गरेको छ। सिडिएससीमार्फत निक्षेप सदस्यकहाँ गएर शेयर नामसारी गर्नका लागि लगानीकर्ताहरूले तोकिएको ढाँचामा निवेदन दिनुपर्ने, निक्षेप सदस्यले सो निवेदनलार्इ सीडिएससीको प्रणालीमा प्रविष्ट गर्ने र प्रकृया पुगेको पार्इएमा सीडिएससीले तत्काल शेयर नामसारी गरिदने बोर्डले जानकारी दिएको छ । 

कुनै शेयरधनीको मृत्यु भएमा अब सीडिएससीको वेभसार्इटमा ३५ दिने सूचना जारी गरे हुने भएको छ । यसअघि राष्ट्रिय दैनिक पत्रिकमा सूचना छाप्नुपर्ने व्यवस्था थियो । नयाँ विनियमावलीअनुसार अब मृत्युपछि नामसारी गरिएको व्यक्तिकै नाममा सबै लाभांश समेत नामसारी हुने व्यवस्था मिलार्इएको छ। 

मुलुकका ७७ वटै जिल्लामा हाल निक्षेप सदस्यहरूले सेवा विस्तार गरिसकेका छन् । विभिन्न ६७ वटा निक्षेप सदस्यहरूले उपलब्ध गराएको नजिकको सेवा केन्द्रमा शेयर नामसारीका लागि निवेदन दिन सक्ने सीडीएससीले जानकारी दिएको छ।

यो पनि : 

शेयर नामसारीका लागि अब नेप्सेमा धाउनुनपर्ने, निक्षेप सदस्यले नै नामसारी गरिदिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?