काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कमेडीयन अपूर्व क्षितिजबारे अति नगर्न आग्रह गरेका छन् ।
काठमाडौं क्षेत्र नं १ का उम्मेदवार समेत रहेका मिश्रले क्षितिजले माफि मागिसकेको अवस्थामा अति नगर्न आग्रह गरेका हुन् ।
स्टान्डअप कमेडिमा नेवारी खानाको परिकारबारे क्षितिजले दिएको बयानलाई लिएर विवाद भएपछि अनुसन्धानको लागि उनी हिरासतमा रहेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता मिश्रले अपूर्व क्षितिज प्रकरणले कसरी जातीय सद्धभाव र भावना कमजोर हुँदैछ भन्ने उदाहरण देखाउने बताए ।
‘अति नगरौँ ! जातीय भावनारसद्भाव कसरी कमजोर हुँदैछ भन्ने कुराको ज्वलन्त उदाहरण हो, ‘स्ट्यान्डअप कमेडियन’ अपूर्व क्षितिजको घटना।’ उनले भने ।
जातीय विद्वेष फैलाउने, सद्धाव विखण्डित पार्नेहरु छाती फुलाएर नेता बनेर हिँडेको बताउँदै क्षितिजले माफी समेत मागेको र युट्युबबाट पनि हटाइसकेको बताउँदै उनीमाथि ज्यादती नगर्न आग्रह गरे ।
‘जातीय विद्वेष फैल्याउने, सद्भाव विखण्डित पार्नेहरू आज छाति फुलाएर, नेता भएर हिँडेका छन्। अपूर्व क्षितिजले माफी मागि सके। युट्युबबाट कमेडी हटाइसके। तैपनि उनीमाथि यो ज्यादती ! अति नगरौँ।’ उनले भनेका छन् ।
त्यसैगरी समाज बिग्रिएमा त्यसको रापले नेपाली समाजमा नकारात्मक असर पर्ने जसको कारण त्यसमा सजग हुनका लागि समेत आग्रह गरेका छन् ।
‘समाज यसरी विग्रियो भने त्यसको रापमा हामीरहाम्रै सन्तान खरानी हुनेछन्, अन्य कयौँ देशमा जस्तै।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया