अोली र प्रचण्डले डाकेको भोजमा बाबुराम नजाने, भने : ”सर्वहाराको दुहार्इ दिने, ५० हजारलार्इ भोज खुवाउने ?”

काठमाडाैं : सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) ले विभिन्न चाडपर्वका अवसरमा अायोजना गरेको चियापान कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इ नजाने भएका छन् । 

 

(ने.क.पा.) ले अाज दिउँसो ३ देखि ५ बजेसम्म काठमाडाैंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा चियापान कार्यक्रम अायोजना गर्दैछ। अध्यक्षद्वय प्रधानमन्त्री के.पी. शर्मा अोली र पुष्पकमल दाहाल 'प्रचण्ड' को हस्ताक्षरसहितको निमन्त्रणापत्र (ने.क.पा.) ले विभिन्न व्यक्ति एवं संस्थाहरूलार्इ पठाएको छ । 


(ने.क.पा.) ले अाज अायोजना गर्न लागेको चियापानमा सहभागी हुनका लागि डा. बाबुराम भट्टरार्इलार्इ पठाएको निमन्त्रणापत्र ।

तर, निम्तालु मध्येकै एक डा. भट्टरार्इले सर्वहारावर्गको दुहार्इ दिने पार्टीले ५० हजारलार्इ भोज खुवाउने गरि अायोजना गरेको सो चियापानमा अाफु नजाने जानकारी सामाजिक सञ्चाल 'ट्वीटर' मार्फत गराएका हुन् । (ने.क.पा.) का नेता कार्यकर्ताले अाजको चियापानमा ५० हजार जनालार्इ निम्तो पठार्इएको अनाैपचारिक जानकारी दिएका छन् । 


प्रचण्डले बाबुरामलार्इ पठाएका निम्तोपत्र ।

सत्ताधारी (ने.क.पा.) को चियापान (भोज) बहिष्कार गरेका भट्टरार्इले ५० हजारलार्इ भोज खुवाउने खर्च उत्पादनमूलक क्षेत्रमा लगाउन सुझाव समेत दिएका छन् । गरीब देशको सर्वहारावर्गको दुहार्इ दिने पार्टीले ५० हजारलार्इ भोज खुवाउने कार्यक्रम अायोजना गरेकाले अाफु अाउन नसक्ने डा. भट्टरार्इले ट्वीटरमा उल्लेख गरेका छन् । साथै,  उनले अाफ्नो ट्वीटको अन्त्यमा 'जय होस !' लेखेर पूर्व सहकर्मी प्रचण्डको सत्तासीन पार्टी (ने.क.पा.) लार्इ व्यंग्य समेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?