के प्रचण्ड हार्ने डरले चितवन छाडेर गोरखा गएका हुन् ?

लोकपथ
49
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले देशको जुनसुकै निर्वाचन क्षेत्रबाट चुनाव जित्ने दाबी गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूलाई गोरखाका जनता र शहीद परिवारले समेत आउनको लागि आग्रह गरेको कारण गोरखा गएको बताए ।

बुधबार एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै आफूले चितवनमा जित्ने आधार हुँदाहुँदै पनि गोरखा गएको बताए ।

अध्यक्ष दाहालले गोरखा आफूले लामो समय काम गरेको जिल्ला भएको कारण पनि त्यहाँ गएको बताए ।

धेरै व्यक्तिहरुले आफूलाई चितवन छाडेर गोरखा गएको भन्ने आरोप लगाए पनि आफू निरन्तर निर्वाचन क्षेत्र परिवर्तन गरेर चुनाव लड्ने गरेको स्मरण गराउँदै आफू गोरखा गएको बताए ।

तर चितवनमा सत्तारुढ गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेसभित्र गुटबन्दी गरेको बताउँदै आफूले त्यसलाई मिलाउँदै लगेको बताए ।

गत निर्वाचनमा चितवनको क्षेत्र नं ३ बाट निर्वाचन लडेका प्रचण्ड चितवनबाटै चुनाव लड्ने तयारी गरे पनि अन्नतः गोरखा गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?