बझाङ । बझाङको मष्टा गाउँपालिका १ तुफानडाँडाँ नजिकै जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
बुधबार साँझ साढे ४ बजे मष्टा गाउँपालिका १ डुग्रीबाट भातेखोला जाने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना भई सडक भन्दा झण्डै ३ सय मिटर तल खसेको थियो ।
जीप दुर्घटना भई मृत्यु तथा घाइते हुनेमा अधिकांश यात्रुहरु जिल्लाको प्रशिद्घ सुर्मादेवी मेला हेरेर घर फर्किने छन ।
जीप दुर्घटना भई मृत्यु हुनेमा मष्टा गाउँपालिका २ का बर्ष १३ का सम्झना खडका, बर्ष १५ का रोसन खडका, बर्ष १६ का प्रचण्ड खडका, बर्ष २८ का बसन्ती धामी,कठायत,बर्ष ३७ का बिरेन्द्र अधिकारी,७ महिनाकी दत्शिका कठायत र शुक्लाफाटा ७ झरेन्द्र बोहरा रहेका छन । भने घाइते हुनेमा मष्टा गाउँपालिका– २ का ८ बर्षिय अमृत खड्का, १३ बर्षिया रोशनी धामी, सिंहवीर बुढा, जीप चालक ३५ बर्षिय राजेश रोकाया,४ बर्षिय सिर्जन सिंह, ११ बर्षिया अम्बिका सिंह, ५० बर्षिया सिन्कि देवि भण्डारी,२५ बर्षिया कमला कठायत, २१ बर्षिया निन्दा ओखेडा, मष्टा १ बस्ने ३६ बर्षिय सन्तोष सिंह, २२ बर्षिय ईश्वर ओखेडा, अनिस ओखेडा, १० बर्षिय अंकित खड्का, ७५ बर्षिय बिरबहादुर खड्का, ४ बर्षिय सिम्रन सिंह, २२ बर्षिया हेमन्ती सिंह रहेका छन् ।
¯
क्षमता भन्दा धेरै यात्रुहरु बोक्दा बझाङका ग्रामिण सडकहरुमा पटक पटक जीप दुर्घटना भई धेरैले ज्यान गुमाई सकेका छन भने धेरै अंगभंग भएका छन् ।
क्षमताभन्दा धेरै यात्रु बोक्दा जीप दुर्घटना भई ७ जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डियसपी जागेश्वर भण्डारीले बताए ।
जीपमा सवार अन्य घाइते यात्रुहरुको उद्घार गरी गम्भीर ५ जना घाइतेहरुलाई नेपालगञ्ज रिफर गरेको र बाँकी ११ जना घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको उनको भनाइ छ । दुर्घटनामा घाइतेहरुको उद्घार गर्न मष्टा गाउँपालिका का वडा अध्य¯ रामचन्द्र रोकाया लगायत मष्टा गाउँपालिकाका जन प्रतिनिधि,संञ्चारकर्मी, स्थानियहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आम्रीको टोली घटना स्थलमा खटिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया