कोरोना अपडेट : संक्रमितभन्दा निको हुने बढी

लोकपथ
91
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८७ हजार ५ सय २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १ हजार ७ सय ८३ परिक्षणबाट आरटीपिसीआर विधिबाट ४२ तथा एन्टीजेन विधिबाट ६ जनामा गरि ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सो समयमा २१ हजार ४ सय २५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसँगै अब देशभरमा ७ सय २८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?