सरकारी अस्पताल विपन्नमुखी हुनुपर्छ : श्रेष्ठ

लोकपथ
26
Shares

चितवन । चितवन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठले सरकारी अस्पताल विपन्नमुखी हुनुपर्ने बताएका छन् । बुधवार भरतपुरमा आयोजित स्वास्थ्कर्मीसंँगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले समयसापेक्ष सरकारी अस्पतालको सेवा गुणस्तरीय हुनुपर्ने बताएका हुन् ।

‘यहांँको भरतपुर अस्पताल, क्यान्सर अस्पतालको महत्व धेरै छ तर, यी अस्पताल विपन्नमुखी छन् कि छैनन् ? त्यो हेर्नु जरुरी छ’ उनले भने । जनतासंँग प्रत्यक्ष सरोकार राख्ने यस्ता संस्थाहरुमा गुणस्तरीय स्वास्थ्य सेवा न्यून शुल्कमा उपलब्ध हुनुपर्ने उनको भनाइ थियो ।

उनले स्वास्थ्य क्षेत्रमा आफ्नो उत्तिकै अनुभव रहेको र स्वास्थ्य राज्यमन्त्री भएर उदाहरणीय काम गरिसकेकाले सरकारी अस्पतालहरुलाई गुणस्तरीय र सुविधासम्पन्न बनाउने विषयमा आफूले पहल गर्ने बताए । सरकारी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी सेवामुखी हुनुपर्ने भन्दै उनले गुणस्तरीय स्वास्थ्य प्रदान गर्नमा उनीहरुको भूमिका महत्वपूर्ण हुने बताए । आफूले विदेश भ्रमण गर्नेक्रममा त्यहांँ शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास देखेको भन्दै उनले यसलाई व्यवहारमा उतार्न उम्मेदवारी दिएको बताए ।

जुनसुकै क्षेत्रमा काम गर्न पनि ईच्छाशक्ति र प्रतिबद्धता आवश्यकता रहेको भन्दै उनले स्वास्थ्य क्षेत्रको स्तरोन्नतिबिना देश समृद्धितर्फ लम्किन नसक्ने बताए । सरकारले लागु गरेको स्वास्थ्य बीमा त्यति प्रभावकारी नभएकोले यो कार्यक्रम गरिबलक्षित गर्नुपर्नेमा उनले जोड दिए ।

‘गरिबलाई पनि उही स्वास्थ्य बीमा धनीलाई पनि उही नियम, यसलाई करेक्सन गर्नुपर्ने देखिन्छ’ उनले भने । स्वास्थ्य बीमामा सरकारको करोडौं रुपैयाँ लगानी भएको भन्दै उनले यसको सदुपयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभागी चिकित्सक र स्वास्थ्यकर्मीले सरकारबाटै अस्पतालको स्तरोन्नति र व्यवस्थापनको लागि नीति निर्माण गर्नुपर्ने सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?