चारदिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी कतार जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चारदिने राजकीय भ्रमणका लागि सोमबार कतार जाने भएकी छन् । 

उनले कतारका अमिर शेख तमिम विन हमाद अलथानीसँग भेटवार्ता गर्नेछिन् ।

राष्ट्रपतिको उच्चस्तरीय राजकीय भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास लिइएको छ । 

भ्रमणमा भण्डारीले कतारी समकक्षी तमिमसँग नेपाली कामदारको सुरक्षा, अवसर, चुनौती र लगानीको विषयमा छलफल गर्ने बताइएको छ ।

उनको भ्रमणको तयारीको लागि आवश्यक ब्रिफ्रिङ गर्न कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले नेपाल आई फर्किसकेका छन् । नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हेल कतार गइसकेका छन् ।

यसअघि नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको कतारमा राजकीय भ्रमण भएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?