तयारी नपुगेको भन्दै नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरी सर्ने भएको छ ।
यही कात्तिक १२ र १३ गते बस्ने भनिएको स्थायी कमिटीको बैठक कात्तिक तेस्रो साता बस्ने गरि स्थगित भएको हो ।
बिहीवार बसेको नेकपा सचिवालयको बैठकले पार्टी एकीकरणका काम, कार्यविभाजन र सरकारका कामको समीक्षा लगायतका एजेण्डामा छलफल गर्ने गरी स्थायी कमिटी बैठकको मिति तय भएको थियो ।
सचिवालय बैठकले कात्तिक १२ र १३ गते बस्ने भनिएको स्थायी कमिटी बैठक तयारी नपुगेको भन्दै पछि सार्ने निर्णय गरेको सचिवालयका एक सदस्यले जानकारी दिए ।
साथै केन्द्रीय सदस्यको कार्य विभाजन गर्ने काम पनि सोही कार्यदलले गर्ने बताइएको छ ।
कार्यदलमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेका छन् ।
पछिल्लो समय पार्टीका सबै महत्वपूर्ण निर्णय ९ सदस्यीय सचिवालयले गर्दै आएको थियो । जसका कारण पार्टीभित्रैबाट आलोचना हुँदै आएको छ ।