बस्ती–बस्ती पुगेर भोट माग्दै विनोद चौधरी

लोकपथ
63
Shares

नवलपुर । अर्बपति विनोद चौधरी गाँउगाउँ बस्तीबस्ती पुगेर भोट मागिरहेका छन् ।

मंसिर ४ को निर्वाचनका लागि नेपाली कांग्रेसले उनलाई नवलपरासी पश्चिम–१ को उम्मेदवार बनाएको छ ।

त्यससँगै चौधरी बस्तीबस्ती पुगेर मत मागिरहेका छन् ।

May be an image of 5 people and people standing

डुबान र बाढीको समस्या रहेको सो क्षेत्रका पीडितहरुसँग भेटेर समस्या समाधानको बाचासहित चौधरी मत माग्न व्यस्त देखिन्छन् । कहिले मोटर साइकल, कहिले गाडीमा त कहिले हिँडेर भोट मागिरहेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

May be an image of 4 people and people standing

धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले निर्वाचनले अर्वपति र गरिबको भेट गराउने लगायतका प्रतिक्रिया दिइरहेका छन् ।

May be an image of 2 people and animal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?