‘पुलले गाउँलाई मात्र जोडेन, मनलाई पनि नजिक बनायो’

लोकपथ
21
Shares

बागलुङ । खुङ्खानी, नर्जाखानी र थास्पुरी गाउँ बागलुङकै सबैभन्दा दुर्गम गाउँ हुन् । यहाँका गाउँहरु नजिक देखिए पनि भौगोलिक विकटताका कारण एकदेखि अर्को गाउँ पुग्न घण्टौँ लाग्छ । खुङ्खानीमा माध्यमिक तहको विद्यालय छ । थास्पुरी र नर्जाखानीका विद्यार्थी पढ्न त्यहीँ पुग्नुपर्छ । खुङ्खानी पुग्न करिब तीन घण्टा लाग्थ्यो तर अहिले त्यो समय छोटिएको छ । तीन वर्ष अगाडि तमानखोला गाउँपालिका–५ खुुङ्खानीदेखि ठूलो बिसौना जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि करिब डेढ घण्टा समय छोटिएको हो ।

झोलुङ्गे पुलले दुई गाउँ जोडिएपछि स्थानीयसमेत हर्षित बनेका छन् । पुलले दुई गाउँलाई मात्र जोडेन गाउँलेको मनलाई पनि नजिक बनाएको छ । डेढ घण्टा लगाएर खुङ्खानी खोला वारपार गर्ने स्थानीय र विद्यार्थी अहिले पाँच आधा घण्टामै खुङ्खानी–ठूलाबिसौना गर्नसक्ने स्थानीय गोविन्द छन्त्यालले बताए ।

खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालयमा पढ्ने थास्पुरीका प्रेम सेन्चुरीले पुल आफूहरुका लागि वरदान सावित भएको बताए। उनले विद्यालय आउन जान निकै सहज भएको र पढाइसमेत राम्रो हुँदै गएको भन्दै खुसी व्यक्त गरे ।
यो पुल पश्चिम बागलुङकै सबैभन्दा लामो र अग्लो स्थानमा भएको स्थानीय दाबी गर्छन् । यसको लम्बाइ तीन सय ३३ मिटर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?