एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार

लोकपथ
14
Shares

एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएको छ । ओलीले सामाजिक सञ्जलामार्फत आफू बुधबार गृहजिल्ला झापाको कार्यक्रममा सहभागी हुने जानकारी दिएका छन् ।
ओलीले भनेका छन्, ‘दमकबाट शुभप्रभात, नमस्कार ! आज बिहान ११ बजे धुलाबारीमा झापा क्षेत्र नं १ को र २ बजे दमकमा क्षेत्र न ५ को कार्यक्रममा हुनेछु ।’

यसअघि मंगलबार दिउँसो झापा पुगेका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि दमकस्थित निवासमै आरामरत थिए ।

उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरेको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?