कांग्रेस केन्द्रीय समितिको बैठक कात्तिक १६ गतेपछि मात्रै बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक कात्तिक १६ गतेपछि मात्रै बस्ने भएको छ । 

गत असोज २१ गते पछि कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकेको छैन् । 

कात्तिक १६ गते चियापन कार्यक्रम गरेपछि मात्रै केन्द्रीय समिति बैठक बस्नै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल कात्तिक १३ गते स्वदेश फर्कदै छन् ।  १४ गते सरसल्लाह गरेर कात्तिक १६ पछि बैठक बोलाउन सकिने प्रवक्ता शर्माले बताए ।

कांग्रेसले प्रत्येक वर्ष दशैँको पूर्णिमाका दिन गर्दै आएको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम यो पटक नेता चक्र बास्तोलाको निधनका कारण पछि सारिएको हो ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?