गुण्डा नाइके ‘राधे’ प्रक्राउ

लोकपथ
672
Shares

काठमाडौं । गुण्डा नाइके ‘राधे’ भनिने राधाकृष्ण भण्डारीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । धादिङ सदरमुकाममा भीम बहादुर गुरुङमाथि आक्रामण गरेको आरोपमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा राधेका अन्य तीन सहयोगी पनि रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्याम खत्रीले राधेलाई पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए । उनी कांग्रेस नेता समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?