एसले दियो बागी उम्मेदवारलाई २४ घण्टे अल्टिमेटम

लोकपथ
65
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले डडेल्धुरा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ (२) मा पार्टी निर्णय विपरीत बागी उमेदवारी दिएका केन्द्रीय कमिटी सदस्य डाक्टर ताराप्रसाद जोशीलाई २४ घण्टाभित्र पार्टी निर्णय र गठबन्धनको मर्म बमोजिम आफ्नो उमेदवारी निस्क्रिय गर्न निर्देशन दिएको छ ।

महासचिव डाक्टर बेदुराम भुसालले उम्मेदवारी निस्क्रिय गर्दै गठवन्धनका उमेदवारहरुलाई समर्थन गर्न जोशीलाई निर्देशन दिएका हुन् ।

साथै, डडेल्धुरा जिल्ला कमिटीका अध्यक्ष कविन्द्र विष्टलाई पनि पार्टी निर्णय विपरितका क्रियाकलापमा संलग्न नहुन एकीकृत समाजवादीले निर्देशन दिएको छ । पार्टी निर्देशनको पालना नभए दुबै जना स्वतः पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुने भुसालले स्पष्ट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?