एमाले अध्यक्ष केपी ओली अस्वस्थ

लोकपथ
39
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनमा रुघाखोकी र ज्वरोको समस्या देखिएको बताइएको छ ।

मंगलवार चुनावी कार्यक्रमका लागि झापा पुगेका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनी भेटघाट र अन्य कार्यक्रममा सहभागी नभएको एमाले झापाले जनाएको छ ।

ओली दमकस्थित निवासमै आराम गरेर बसेका छन् । बुधवार स्वास्थ्यमा सुधार भएमा उनी पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुने एमाले झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?