एमाले बाग्मतीको चुनावी कमाण्डारमा अधिकारी र पोखरेल

लोकपथ
35
Shares

काठमाडौं । नेकपा एमाले  बाग्मती प्रदेश कमिटीले प्रदेशका ३३ प्रतिनिधि सभा र ६६ प्रदेश सभा निर्वाचन क्षेत्रको चुनावी परिचालन व्यवस्थित र प्रभावकारी बनाउन दुई बेग्लाबेग्लै निर्वाचन परिचालन कमिटीहरु गठन गरेको छ ।

सो पार्टीको  बाग्मती प्रदेश निर्वाचन समन्वय समितिको मंगलवार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूलाई विजयी गराउने गरी चुनावी परिचालन प्रभावकारी बनाउन बेग्लाबेग्लै दुई कमान्ड गठन गरेको एमाले नेता तथा  बाग्मती प्रदेश सहइन्चार्ज आनन्द पोखरेलले जानकारी दिए ।

उनका अनुसार ती कमिटीले निर्वाचन परिचालनको व्यवस्थापनका साथै अनुगमन समेत गर्नेछन् । त्यसैगरी, बैठकले प्रदेशको निर्वाचन परिचालन अनुगमन गर्न स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज काशिनाथ अधिकारीको संयोजकत्वमा चार सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरेकोे छ । अनुगमन समितिमा डा. महेन्द्रबहादुर पाण्डे, पुष्प कँडेल र डोरमणि पौडेल सदस्य छन् ।

त्यस्तै, एमाले पोलिटब्यूरो सदस्य तथा  बाग्मती प्रदेश सहइन्चार्ज पोखरेलको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन प्रदेश समन्वय समिति गठन गरेको छ । समितिमा नेताहरू धर्मदत्त देवकोटा, रामहरि सुवेदी, विनोद पाण्डे, विजय सुवेदी, अप्सरा चापागाईं र ओम थपलिया सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?