कांग्रेसको विधान मस्यौदा तीनदिनमा तयार हुन्छ : प्रवक्ता रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसको विधान मस्यौदा समितिले विधान निर्माणको काम अन्तिम चरणमा पुर्याएको बताएको छ । 

समितिले आगामी तीन दिनभित्र पार्टीको मुल विधानको मस्यौदा तयार गरेर पार्टीलाई हस्तान्तरण गर्ने गरी आफ्नो काम अघि बढाएको बताएको हो । 

समितिका प्रवक्ता रमेश लेखकका अनुसार दशैँ अघि नै विधानलाई अन्तिम रुप दिनेगरी काम गरिएको थियो । तर, केही प्राविधिक कामहरु बाँकी नै रहेकाले त्यसलाई अन्तिम रुपमा ल्याउन थप तीनदिन लाग्ने बताए । 

‘तीन सदस्यीय समितिले दिनरात काम गरिरहेको छ, अब आगामी तीन दिनभित्र पार्टीको मुल विधान मस्यौदा तयार हुन्छ’ उनले भने ।  

कांग्रेसको नयाँ विधानमा खासगरी पार्टी सदस्यताको किसिम, संख्या (केन्द्रीय समिति सदस्य, महाधिवेशन प्रतिनिधि र प्रदेशिक महाधिवेसन प्रतिनिधि) का बारेमा सहमति जुट्न सकेको छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?