सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न प्रधानमन्त्री देउवाको निर्देशन

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आफूले हसिँया हतौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै कांग्रेसका नेता, कार्यकर्ताले पनि त्यसै गर्ने बताए ।

मंगलवार ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले अत्याधिक बहुमत ल्याउने गरी मतदान गर्न पनि आम मतदातालाई आग्रह गरेका छन् । सत्तारुढ गठबन्धनले अत्याधिक बहुमत ल्याए मुलुकमा स्थायी शान्ति, स्थायी लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले गठबन्धन दलहरुबीच अविश्वासको वातावरण नरहेको भन्दै खुसीसमेत व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले सत्तारुढ दलका नेताहरुले सरकारलाई सहयोग गरेको भन्दै धन्यवाद समेत दिएका छन् । उनले संसद दुई पटक भंग गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेको तर आफूहरुले त्यसलाई जोगाएको पनि बताए ।

प्रधानमन्त्री देउवाले मुलुकमा विजुली बेचेर सम्पन्न बनाउने गरी भारतसँग विजुली खरिद सम्झांैता गर्न आफू नेतृत्वको गठबन्धन सरकार सफल भएको दावी समेत गरेका थिए । प्रधानमन्त्री देउवाले नेपालको संविधान राम्रो भएको उल्लेख गर्दै सोही अनुसार अघि बढनुको विकल्प नरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?