कोरोना अपडेट : ४६ जनामा संक्रमण पुष्टि हुँदा १७ जना निको

लोकपथ
65
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आरटीपिसीआर विधिबाट ८ सय ३५ तथा एन्टीजेन विधिबाट ६ सय ७५ गरि १ हजार ५ सय १० जनामा गरिएको परिक्षणबाट ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित ४६ जनामध्ये ४२ जना आरटीपिसीआर र ४ जना एन्टीजेन विधिबाट फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन् ।

त्यस्तै, ७० हजार ९ सय ९४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने १७ जना संक्रमितले कोरोनालाई जितेका छन् । योसँगै अब देशभरमा ७ सय ३६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?