ओलीको प्रश्न : ‘लाइभ डिबेटको लागि म तयार छु, देउवा जी तयार हो ?’

लोकपथ
126
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्ला केही दिन सामाजिक सञ्जालमा निकै सक्रिय दखिएका छन् । ओलीले एजेन्डामा आधारित बहसका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिबेटमा आउन तयार रहेको बताएका छन् ।

उनले आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ‘लाईभ डिबेट’ गर्न चुनाैती दिएका हुन् ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै धेरैले सामाजिक सञ्जालमा आफू र प्रधानमन्त्री देउवालाई लाइभ डिबेटमा आउन सुझाव दिएको उल्लेख गर्दै उनले त्यसका लागि आफू तयार रहेको बताएका हुन् ।

उनले लेखेका छन् : 

“सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाईभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवा जी नि ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?