२० माघ २०७९, शुक्रवार

जनताका हरेक समस्या समाधानका लागि लाग्छु : नेता पौडेल

२०७९,कार्तिक,१,मंगलवार १२:४५

72
Shares

काठमाडौं । नेपाली कांग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–१० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले जनताका समस्या समाधान गर्न नै आफू राजनीतिमा लागेको बताए ।

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका वरिष्ठ नेता पौडेलले भने, “यहाँका हरेक समस्या मलाई थाहा छ, खानेपानी, सडक स्तरोन्नति र रोजगारीका लागि लागिपरेको छु । जनताको विश्वासलाई टुट्न दिन्न ।” उनले शेवरदेखि कलेस्तीसम्म पुग्ने सडक स्तरोन्नति र रसायनिक मल उद्योग खोल्ने विषयमा पहल भइरहेको जानकारी दिए ।

लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसलाई निरन्तर अगाडि बढाउनुपर्नेमा नेता पौडेलले जोड दिए । “लोकतन्त्र सङ्कटमा परेको बेला बनेको गठबन्धनलाई बलियो बनाएर अगाडि बढाउन सबै एकजुट भएर लाग्नुपर्छ,” उनले भने ।

तनहुँ क्षेत्र नम्बर १ प्रदेश–१ का उम्मेदवार अशोककुमार श्रेष्ठले जनताका हरेक समस्या समाधान नेपाली कांग्रेससको नेतृत्वमा सम्भव भएको बताए ।

नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य ओमकुमारी पौडेलले गठबन्धनले संविधान जोगाएको र अब थिती बसाल्नुपर्ने बताए ।

प्रकाशित मिति: २०७९,कार्तिक,१,मंगलवार १२:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले संसद्मा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्ने बताएका छन् ।

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२
पाकिस्तानमा झडप, पाँच जनाको मृत्यु
 २०७९,माघ,२०,शुक्रवार १७:३५