काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाल प्रहरीका एसपी डिल्लीराम विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्त गर्दैमा सरकारको दायित्व पूरा नभएको बताएका छन् ।
नेपाल प्रहरीका एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नटहरिने गरी बर्खास्त गरिएको कारबाही प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
‘प्रहरीले जानीबुझी प्रमाण नष्ट गर्यो, त्यसबापत मुद्दा र दण्ड गर्नुपर्दैन ?’ उनको प्रश्न छ ।
भट्टराईले निर्मला पन्तको बलात्कारपछि हत्य भएको तीन महिना पुग्दा सम्मपनि उपराधि पत्ता लगाउन नसक्नुले सरकारमाथि प्रश्न चिन्ह खडा गरेको छ ।
छानबिनलाई बिरालो बाँधेर गरिएको श्राद्धको संज्ञा दिँदै केही प्रहरी अधिकारी बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा नहुने बताए ।

समाजिक सञ्जाल ट्वीटरमार्फत प्रश्न गरेका छन्, ‘बिरालो बाँधेर श्राद्ध गरेझै तीन महिना लगाएर केहि प्रहरीलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ?, जानीबुझी प्रमाण नष्ट गर्नु आदि अपराधिक कर्म हैनन् ? त्यसबापत मुद्दा र दण्ड गर्नुपर्दैन ?’ प्रमाण नष्ट गर्ने प्रहरी र बम दिदीबहिनी मार्फत किन अपराधिक पत्ता लग्दैन ?, दबाब जारी राखै !’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया