आजसम्म उम्मेदवारी फिर्ता लिए माओवादीले कारबाही नगर्ने

लोकपथ
140
Shares

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी एवं गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्धको बागी उम्मेदवारी फिर्ता लिए कारबाही नगर्ने भएको छ ।

आज साँझसम्म सार्वजनिकरूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता बागी उम्मेदवार तथा तिनका प्रस्ताव र समर्थकमाथि कारबाही फिर्ता लिइने माओवादीको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।

उम्मेदवारी निष्क्रिय गराउने बागी उम्मेदवारले पार्टीका एवं गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्णरूपमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुपर्ने ढकालले जानकारी दिए ।

माओवादीले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका नेता कार्यकर्तालाई आज साँझसम्म उम्मेदवारी फिर्ता नलिए त्यस्ता बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निष्कासन गर्ने जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?