काठमाडौं । नेपाल प्रहरीले आफ्नो ६७ औँ स्थापना दिवसको अवसरमा पूर्वएआइजी तथा नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।
काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आज एक समारोहकाबीच प्रहरीको स्थापना दिवस मनाइएको थियो । सोही समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वएआइजी तथा नर्भिक अस्पतालका अध्यक्ष सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेका हुन ।
नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ । सोमवार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलगायतका व्यक्ती सहभागी रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया