प्रदीप पौडेलको चुनावी अभियानमा गायक नन्दकृष्ण जोशीको साथ (तस्बिरसहित)

लोकपथ
420
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौं–५ मा चुनावी प्रचारप्रसारलाई तीव्रता दिँदै गएका छन्।

पार्टीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रुपमा अघि सारेपछि उनी चुनावी प्रचारप्रसारलाई तीव्र रुपमा अघि बढाउन थालेका हुन्।

काठमाडौं जिल्लामा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका अन्य नेताहरुले चुनावी अभियान थाल्दै पौडेलले काठमाडौं–५ मा घरदैलो सुरु गरिसकेका छन्।

घरदैलो अभियानका क्रममा सोमबार उनले काठमाडौं महानगरपालिका–४ मा पर्ने रिङरोड बाहिरको क्षेत्रमा घरदैलो गरेका छन्। नेता पौडेल देउडा गायक नन्दकृष्ण जोशीलाई साथमा लिएर उक्त क्षेत्रमा मतदाता भेटघाट गरेका छन्।

पौडेलले असोज २४ गतेबाट काठमाडौं महानगरपालिका–५ हाँडीगाउँबाट मतदाता भेटघाट सुरु गरेका हुन्।

काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरुको भूगोल समेटेर काठमाडौं–५ निर्धारण गरिएको छ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?