काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेअघि कुनैपनि उम्मेदवाले आमसभा गरेमा उम्मेदवारी खारेज गरिदिने चेतावनी दिएको छ ।
उम्मेदवारहरूबाट आचारसंहिता उल्लंघनका दर्जनौ उजुरी परेको भन्दै त्यस्ता उजुरीमाथि पहिलो पटक स्पष्टीकरणको मौका दिइने र पुनः दोहोरिए मनोनयन नै खारेज गर्न सक्ने आयोगले जनाएको छ ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एक भिडियो जारी गर्दै कात्तिक १८ गतेभन्दा अघि आमसभा, गोष्ठी, सेमिनार लगायतका कुनै पनि निर्वाचन प्रचारप्रसार गर्ने नपाइने बताएका हुन् ।
हेर्नुहोस् भिडियो :
https://www.facebook.com/lokpath/videos/1072774593420108
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया