योजना बनाएर विकास निर्माणका काम अगाडि बढाउने छु : राज्यमन्त्री श्रेष्ठ

लोकपथ
130
Shares
????????????????????????????????????

चितवन । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले आफू निर्वाचित भएमा योजना बनाएर विकास निर्माणका काम गर्ने बताएका छन् ।

सोमबार भरतपुर महानगरपालिका वडा नम्बर ३, बेलचोकमा मतदाताहरुसंँग भेटघाट गर्ने क्रममा राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

‘यो क्षेत्रमा मैले चुनाव जितेर काम गर्ने अवसर पाएँ भने योजना बनाएर अगाडि बढ्नेछु’ मतदातालाई सम्बोधन गर्दै उनले भने, ‘म सिस्टममा काम गर्ने मान्छे हो ।’ चुनावी अभियानका क्रममा आफू इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाको विभिन्न क्षेत्रमा पुगेको जानकारी गराउँदै श्रेष्ठले भने, ‘यो क्षेत्रमा आएर मैले केही काम गर्न सक्ने सम्भावना देखेको छु । मेरो लागि होइन, राष्ट्र र समाजका लागि काम गर्नेछु ।‘

नेपाल विकासका हरेक सम्भावना नै सम्भावना बोकेको देश भएर पनि गरिब हुनुको कारण नीति कमजोर भएको उनको भनाइ थियो ।

उनले भने, ‘सम्भावना नै सम्भावना बोकेको देश भएर पनि हामी गरिब भयौँ नीति कमजोर भएको कारण । शिक्षा, स्वास्थ्य, उद्योग, व्यवसाय, प्राकृतिक स्रोतसाधन, ऊर्जा र जडीबुटीको क्षेत्रमा धेरै काम गर्न सकिन्छ ।’

त्रिशुली, नारायणी र राप्ती नदीको उपयोग गरेर पर्यटनको विकास गरी विदेशी मुद्रा आर्जन गर्न सकिने श्रेष्ठको भनाइ छ । ‘राम्रोसँग उपयोग गर्ने हो भने नदी वरदान हो । म नदीलाई उपयोग गरेर पर्यटनको विकास गर्न चाहन्छु’ उनले भने, ‘म जीवनभर शिक्षामा काम गरेको मान्छे हुँ । म गाउँको मान्छे हुँ । म भोजपुरको मान्छे हुँ । युवाहरुलाई गरिखाने बनाउनु पर्छ भन्ने अभियानको म अभियन्ता हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?