नेकपा सचिवालय बैठक : दुई सदस्यीय कार्यदल गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरु चयन गर्न र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ । 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको सचिवालय बैठकल सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल रहने गरि दुई सदस्यीय कार्यदल गठन गरेको हो । सो कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरु चयन गर्ने र त्यसलाई नेकपा सचिवालय बैठकमा पर्नेछ । 

‘बैठकले प्रदेश कमिटीका सदस्यहरु निश्चित मापदण्डका आधारमा चयन गर्ने र त्यसलाई सचिवालय बैठकले टुंगो लगाउने गरी सचिवालय सदस्य रामबहादुर थापा र मलाई जिम्मेवारी दिइएको छ’ महासचिव पौडेलले भने ।

नेकपाले प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै चयन गरिसकेको छ । 

त्यस्तै सचिवालय बैठकले नेकपाका केन्द्रीय सदस्यहरुको कार्यविभाजन तोक्ने जिम्मा पनि सो कार्यदललाई नै दिएको महासचिव पौडेलले जानकारी दिए ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?