इराकका नयाँ प्रधानमन्त्रीद्वारा सपथग्रहण

बग्दाद । इराकको नयाँ प्रधानमन्त्रीको रुपमा अदेल अब्दुल माहदीले बुधबार सपथग्रहण गरेका छन् । इराकको संसदले त्यहाँको २२ सदस्यीय मन्त्रिपरिषदलाई १४ जनामा सीमित गरेसँगै माहदीले सपथ गरेका हुन् । 

संसदले भने २२ मध्ये १४ जनाको नामलाई अनुमोदन गरेको छ । संसदका सभामुखले मन्त्रीहरुको नाम एकपछि अर्को गर्दै पढेर संसदमा सुनाएका थिए । बुधबार संसदले अनुमोदन गरेका प्रधानमन्त्री माहदी र १४ जना मन्त्रीले सपथ लिएका हुन् ।  

संसदको अधिवेशनले प्रधानमन्त्री माहदीले अघि सार्नु भएको सरकारको कार्यक्रम पनि व्यापक छलफल पश्चात पारित गरेको छ । 

संसदमा उपस्थित २२० जना सांसदले मन्त्रीहरुको नामलाई अनुमोदन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?