नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवासमा शुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बसिरहेको छ ।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा पार्टी एकता, जिम्मेवारी बाँडफाँट, सरकारको कामकारवाही लगायत अन्य एजेण्डाहरुमा पनि छलफल हुने नेकपाका नेताहरुले बताएका छन् ।

यसअघि पनि पटक पटक सचिवालय बैठक बसे पनि छलफलको विषय टुंगिन सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?