फुलका थुंगा उन्ने धागोको काम गरेको छु : प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले फुलका थुंगा उन्ने धागोको काम आफुले गरिरहेको बताएका छन् ।  

बिहीवार ताप्लेजुङमा पार्टी कार्यकर्तालाई सम्वोधन गर्दै प्रवक्ता शर्माले सो कुरा बताएका हुन् । साथै पार्टी प्रवक्ता भएर आफुले कुनै समुहको एकलौटी प्रचार नगरेको दाबि समेत गरेका छन् । 

फुलका थुंगा उन्ने धागोको काम आफुले गरिरहेको बताउँदै उनले भने, ‘पार्टी भित्रको आन्तरिक विवादले कार्यकर्तालाई निरास बनाएको छ ।’

जिल्लाका अगुवा कार्यकर्ताले गरेको गुनासोको जवाफ दिँदै उनले भने, ‘मैले पनि सभापतिलाई गाली गरें भने ताली पाउँछु, रामचन्द्रलाई गालि गरे भने पनि ताली पाउछु, तर त्यो गर्ने पक्षमा छैन, यी दुवै थुंगालाई माला उन्ने धागोको भुमिका निर्वाह गरिरहेको छु ।’ 

कांग्रेस रुपान्तरणमा ढिलो गर्न नहुने भन्दै प्रवक्ता शर्माले त्यो अभिारा आफुहरुले पुरागर्नेमा कार्यकर्तालाई विश्वास समेत दिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?