तानसेनमा पोखरीमा डुबेर बालकको मृत्यु

लोकपथ
52
Shares

तानसेन । तानसेन नगरपालिका–२, नारायणस्थानको पोखरीमा पौडी खेल्ने क्रममा एक बालकको डुबेर ज्यान गएको छ ।

आइतवार दिउँसो पोखरीमा पौडी खेल्न गएका तानसेन–६ टुँडिखेल नजिकै बस्ने शेषकान्त पराजुलीका १२ वर्षीय छोरा सुजल पराजुलीको ज्यान गएको हो ।

पोखरीमा डुबेका पराजुलीलाई अस्थायी प्रहरी विट नारायणस्थानबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्दार गरी युनाइटेड मिसन अस्पताल पुर्‍याइएकोमा मिसन अस्पतालका चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?