जनकपुर । प्रदेश २ सरकारले आज बस्ने मन्त्रिपरिषद बैठकबाट ३ वटा विधेयकलाई संसदमा लैजान सैद्धान्तिक सहमति लिने भएको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बिहीवार बस्ने मन्त्रिपरिषद बैठकबाट ३ वटा विधेयकलाई सैद्धान्तिक सहमति दिने तयारी भएको जानकारी दिएका हुन् ।
तीन वटा विधेयक, लोकसेवा सम्बन्धी विधेयक २०७५, प्रशासन सम्बन्धी विधेयक २०७५ र निजामती कर्मचारी सम्बन्धी विधेयक २०७५ लाई सैद्धान्तिक सहमति जुटाउने मन्त्रिपरिषदको तयारी रहेको कानुनमन्त्री यादवले जानकारी दिए ।
बिहीबार अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद बैठकबाट विधेयकलाई सैद्धान्तिक सहमति दिन लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया