भाकपा (माक्सवादी)का महासचिव सीताराम यचुरी काठमाडौंमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी काठमाडौं आइपुगेका छन् । 

बिहीवार बिहान भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेकपाका नेताद्वय कृष्णगोपाल श्रेष्ठ र विष्णु रिजालले स्वागत गरेका थिए । 

नेपालमा रहँदा महासचिव यचुरी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

साथै, उनले पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्ने नेकपाले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?