नेकपाका अध्यक्ष प्रचण्ड शुक्रबार भारत जाँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् । 

इण्डिया फाउण्डेशनले आयोजना गरेको ‘इण्डिया आइडिया कन्क्लेभ–२०१८’कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड शुक्रबार बिहान ८ बजे भारतको नयाँदिल्ली जान लागेका हुन् । 

इण्डिया फाउण्डेशनले शुक्रबार आयोजना गर्ने ‘इण्डिया आइडिया कन्क्लेभ–२०१८’ कार्यक्रमलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने छन् । 

प्रचण्ड शुक्रबार बेलुका नै स्वदेश फर्कने कार्यतालिका रहेको स्रोतले जानकारी दिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सल्लाह अनुसार अध्यक्ष प्रचण्ड नयाँदिल्ली जान लागेका हुन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?