उप्रधानमन्त्री पोखरेलद्वारा माओत्सेतुङप्रति श्रद्धाञ्जली अर्पण

बेइजिङ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष तथा चिनियाँ मुक्ति संग्रामका नेता माओत्सेतुङको संस्मरणस्थल पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

रक्षामन्त्री पोखरेलले श्रद्धाञ्जली अर्पणपछि श्रद्धाञ्जली पुस्तिकामा हस्ताक्षर समेत गरेका छन् । 

चीनका रक्षामन्त्री जनरल वेइ फेङ्चेको निमन्त्रणामा चीन पुगेका उपप्रधान पोखरेलले चीनको राजधानी बेइजिङ्गमा २४ देखि २६ अक्टोबर २०१८ सम्म आयोजना हुने आठौं बीजिंग जियांगशान फोरममा सहभागी हुने छन् । 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उप्रधानमन्त्री पोखरेल मंगलबार चीन पुगेका हुन् । 

सो क्रममा उनले नेपाल चीनबीच मैत्रीपूर्ण सम्बन्ध तथा सहयोग विस्तार गर्न अध्यक्ष माओत्सेतुङले पुर्याएको योगदानको स्मरण गर्दै नेपाल चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप फलदायी र प्रगाढ बन्दै जाने विश्वास समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?