काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ बाट एमालेका उम्मेदवार बद्री मैनालीलेले मतदातालाई पैसा बाँडेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । औषधि उपचारको बहानामा नगद वितरण गरेको र उक्त कार्य निर्वाचन आचारसंहिता, २०७९ विपरीत भएको भन्दै परेको उजुरीका आधारमा आयोगले मैनालीसँग स्पष्टीकरण सोधेको हो ।
आयोगका सहायक प्रवक्ता कमल भट्टराईले दिएको जानकारी अनुसारमैनालीलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ । त्यस्तै, आचारसंहिता विपरीत कार्य गरेको ठहर गर्दै आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलगायत का व्यक्ती तथा संस्थालाई प्रष्टीकरण सोधेको भट्टराईले बताए ।
उनका अनुसार आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, एमालेका उम्मेदवार बद्री मैनाली, पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अधिकृत स्तर सातौँ डाक्टर गोकुल वस्ती, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत र हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरेलाई स्पष्टिकरण सोधेको छ ।
संस्थातर्फ भने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशलाई स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया