काठमाडौं । काठमाडौं र ललितपुरमा दुई जना मृतवस्थामा फेला परेका छन् । कालीमाटीबाट टेकु जाने नयाँ पुल र ललितपुरको बागमती गाउँपालिका ७ गिम्दी मगरगाउँमा दुई शव फेला परेका हुन् ।
नयाँ पुलमा फेला परेको शवको परिचय खुलेको छैन् । मृतक करिब ५५ वर्षीय पुरुष रहेको प्रहरीको भनाइ छ । उनको शव शनिवार (आज) फेला परेको हो।
यस्तै, ललितपुरको मगरगाउँमा फेला परेको शव सोही ठाउँका ५५ वर्षीय रेत बहादुर क्याप्छाकी मगरको रहेको प्रहरीले बताएको छ । मगर आफ्नै घरभित्र शुक्रबार मृत अवस्थामा फेला परेकी थिइन्। हाल दुबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया