प्रधानमन्त्रीद्वारा आज पनि विशिष्ट व्यक्तिलाई टिका

काठमाडौं । बडादशैँको अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट आज विशिष्ट व्यक्तिदेखि सर्वसाधारणले टिका ग्रहण गरेका छन् । 

प्रधानमन्त्री ओलीसँग टिकाको दिनदेखि हालसम्म पनि निरन्तररुपमा टिका ग्रहण गर्ने विशिष्ट व्यक्ति तथा सर्वसाधारणको उल्लेख्य भीड लागेको छ ।

बडादशैँको अन्तिम दिन आज मन्त्री, प्रतिनिधिसभाका सदस्य, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तित्व, राजनैतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारण गरी करीब २ सय जनाले टिका लगाएका छन् ।  

टिका लगाइदिँदै प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामनाका साथ देश विकासमा एक ढिक्का भई समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि आआफ्नो ठाउँबाट लागिपर्न सबैमा दशैंँले प्रेरणा मिलोस् भन्ने सबैमा शुभकामना व्यक्त गरेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?