कोरोना अपडेट : सोह्र जना निको हुँदा ५२ संक्रमित थपिए

लोकपथ
39
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म देशभरमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ८७ हजार ४ सय ३८ पुगेको छ ।

कोरोनाका कारण विगत केहीदिन यता कसैले पनि ज्यान गुमाएका छैनन् । हालसम्मको तथ्याङ्कलाई हेर्दा देशभरमा १२ हजार १८ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म ५९ लाख ४७ हजार ५ सय ९ जनामा आरटी पिसिआर तथा १४ लाख ३० हजार ९ सय ५१ जनामा एन्टिजेन परिक्षण गरि कुल ७३ लाख ७८ हजार ४ सय ६० जनामा कोरोना परिक्षण गरिएको छ ।

उक्त परिक्षणमा आरटी पिसिआर विधिबाट १० लाख १ सय २३ जनामा र एन्टिजेन विधिबाट १ लाख ५२ हजार १ सय ४ जना गरि कुल ११ लाख ५२ हजार २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट ४५ र एन्टिजेन विधिबाट ७ जना गरि कुल ५२ जनामा संक्रमण पुष्टी भएको छ । आज १ हजार ७ सय ६३ जनामा गरिएको परिक्षणबाट ५२ जना संक्रमित फेला परेका हुन् ।

त्यस्तै, आज मात्रै कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या ३ हजार ८ सय ७६ रहेको छ भने अब देशभरमा जम्मा ६ सय ६७ जना सक्रिय सक्रमित बाँकी रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?