काठमाडौं । संघीय समाजवादी फोरम, नेपालका कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संघीयतालाई असफल बनाउन बोकाको टाउकोमा भैंसीको सिङ जोडेको बताएका छन् ।
बुधबार काठमाडौंमा भएको भेटघाट कार्यक्रममा नेता श्रेष्ठले स्थानीय तहलाई समेत संघीय एकाइ घोषणा गरेर गैर संघवादीहरूले ७६१ वटा सरकार बनाएर बोकाको टाउकोमा भैंसीको सिङ जोडेको बताएका हुन् ।
पक्षधरहरु एकताबद्ध हुन नसक्दा प्रतिगामी शक्तिहरु यसलाई असफल पार्न लागिपरेको बताउँदै ‘सच्चा सघीयता पक्षधरहरु एकताबद्ध हुन नसक्दा प्रतिगामी तत्वहरूले शीर उठाउन लागेको छ, त्यसको प्रतिकार गर्नुपर्छ’ उनले भने ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै मुख्यमन्त्री रहेको प्रदेश ४ को पोखरामा मुख्यमन्त्रीहरूले बैठक बसी अन्तरप्रदेश परिषद्को अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बैठक माग गर्दा समेत बेवास्ता गरेकाले समस्या झन जटील बन्दै गएको समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया