सम्भावनाको खोजिमा युवा विदेशिनबाट रोक्ने नीति निर्माणको नेतृत्व गर्छु : प्रदीप पौडेल

लोकपथ
140
Shares

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभासदस्यका लागि उम्मेद्वारी दिएका नेता प्रदीप पौडेलले देशमै स्वरोजगारको अवसर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शनिबार टोखा नगरपालिका–२ को वडा कार्यसमिति कार्यालयमा आयोजित चुनावी प्रचार अभियानलाई सम्बोधन गर्दै नेता पौडेलले आफू निर्वाचित भएरपछि बाक्लो संख्यामा भइरहेको युवा विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्दै नीति निर्माण प्रक्रियाको नेतृत्व गर्ने प्रतिवद्धता जनाएका हुन्।

‘हामीले ‘बीसीडी’ भनेका छौं। बि भनेको ‘ब्रोन ड्रेन’ नेपालका ग्रामिण बस्तीका युवाहरु मलेसिया जानुभएको छ। दुबई र कतार गएर ८०–८५ तलामा रंग लगाएर आफूलाई जोखिममा पर्नुभएको छ। काठमाडौंका युवा पढेर, योग्य भएर नेपालमा आफ्नो योग्यता प्रयोग गर्न नपाएका कारणले विदेशमा गएर बस्नु परेको छ। नेपालमा वौ्रद्धिक पलायनताको स्थिति छ। ब्रोन ड्रेनको समस्या छ। एउटा नेपाली युवा नेपालमै बसेर आफ्नो योग्यता र क्षमता प्रयोग गर्न पाउनुे स्थिति राज्यले बनाउन सक्छु पर्छ। हामीले त्यस खालको नीति निर्माण गर्ने प्रक्रियाको नेतृत्व गर्नेछौं।’ उनले भनेका छन् ।

‘सि भन्नाले करप्सन। यो ढंगको करप्सन विकसित हुँदै गयो, करप्सनको स्थिति यस्तै रह्यो भने राजनीतिले डेलिभर गर्न सक्दैन। राजनीतिले नैतिकता गुमाउने, राजनीतिक नेताहरुले करप्सनमा संलग्न हुने, करप्सन गर्नेहरुलाई संरक्षण गर्ने हो भने नेपालको राजनीतिप्रति कसैको पनि विश्वास जाग्दैन। त्यसैले हामीले भ्रष्टाचार अन्त्य गर्नका निम्ति नेतृत्व गर्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छौं।’ नेता पौडेलले थपे ।

‘डि भन्नाले डेभलपमेन्ट। डेभलेपमेन्टमात्र होइन त्यसको म्यानेजमेन्ट पनि अआवश्यक छ। व्यवस्थित ढंगबाट डेभलपमेन्टलाई अगाडि बढाइयो भने कम खर्चमा धेरै उपलब्धीहरु हासिल गर्न सक्छौं। यी तीन कुरा हाम्रा प्रधान विषयहरु हुन्। म यहाँहरुको बीचमा प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?